काठमाडौं, १७ बैशाख। कालोबजारीको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवालविरुद्ध अन्ततः जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने भनिए तापनि १ वर्षभन्दा बढी सजायको माग दाबी भएपछि जिल्ला अदालतमा मुद्दा (अभियोगपत्र( दर्ता गरिएको हो ।
सामान्यतया कालोबजारीसम्बन्धी कसुरमा १ वर्षसम्म कैद सजाय हुने भएकाले मुद्दालाई जिल्ला प्रशासन कार्यालयमार्पmत अगाडि बढाइन्छ । तर, यो मुद्दामा १ वर्षभन्दा बढी कैद सजायको माग दाबी भएपछि अदालतमा दर्ता गरिएको हो । नेपालको सविधानको धारा १५२ को उपधारा २ अनुसार यस अवस्थामा कालोबजारीको मुद्दा अदालतमार्पmत पनि चलाउन सकिने व्यवस्था छ । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मंगलवार विभिन्न चार कसुरमा अग्रवाल विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।
अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सृजना तथा सार्वजनिक पद दुरुपयोग गरेको आरोपमा मुद्दा चलाइएको छ । जगदम्बा सिमेन्ट, छड र धागो उद्योगका सञ्चालक अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्य दूतसमेत रहेका थिए । त्यसैले उनलाई सार्वजनिक पद दुरुपयोगको कसुरमा पनि मुद्दा चलाउन सिफारिश गरिएको हो । साथै, उनले कसुर गर्दा प्रयोग गरेको सम्पत्ति पनि जफत गर्नुपर्ने माग दाबी गरिएको छ ।
महानगरीय प्रहरी परिसरले अग्रवालमाथि आवश्यक अनुसन्धान गरेर कारबाहीको सिफारिशसहित आइतवार सरकारी वकीलको कार्यालयमा मिसिल पठाएको थियो । त्यसमा वकील कार्यालयले थप अध्ययन गरेर मंगलवार अदालतमा मुद्दा दर्ता गरिएको हो ।
अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ को क, दफा ३ को १ र दफा ५ बमोजिमको गरेर तीन छुट्टाछुट्टै कसुरमा अभियोगपत्र अदालतमा दर्ता गरिएको हो । यी कसुरको जम्मा बिगो रू। १५ लाख ७८ हजार ९१३ रहेको जिल्ला सरकारी वकील कार्यालयको भनाइ छ मिलन विश्वकर्मा अभियानमा लेख्छन्। साथै, उनले सार्वजनिक पद दुरुपयोग पनि गरेकाले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा १५ को उपदफा २ ९ङ० बमोजिम थप डेढी सजायको पनि माग गरिएको छ ।











