इन्द्रेणी संवाददाता
काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय बैठक बोलाउने सहमतिमा पुगेका छन् ।
पछिल्लो चरणमा नेकपाभित्र विवाद चुलिदै गएका वेला आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको दुई अध्यक्षबीचको भेटवार्ताबाट बैठक भोली बुधवार ५ बजे बोलाउने सहमति भएको स्रोतले जनाएको छ ।
ओलीले पार्टीमा छलफल नै नगरी विवादित दुई अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद चुलिदै गएको थियो । अध्यादेश फिर्ता भएपनि नेकपाका नेताहरुले सचिवालय बैठक र स्थायी समितिको बैठक बोलाउन माग गर्दै आएका थिए ।











