इन्द्रेणी संवाददाता

काठमाडौं, १४ बैशाख । वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमणको प्ष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ र ३ का दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

eeeस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमाकोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।

यो सँगै नेपालमा कोरोना सक्तमितको संख्या ५१ पुगेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । हालसम्म निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ भने ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।