दाङ, १४ बैशाख । डिभिजन बन कार्यालय दाङको टोलिले हेमन्तपुरबाट लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको शनिबार दिउँसो उद्दार गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १८ हेमन्तुर स्थित वडा कार्यालय नजिकेैबाट डिभिजन वन कार्यालय दाङले लोपउन्मुख पङ्क्षी हुचीलको बच्चा र घाईते ओतको उद्धार गरेको हो ।
उद्दारपछी आवश्यक व्यवस्थापन एवम् औषधि उपचारका लागि ती पन्क्षिलाई डिभिजन वन कार्यालयमा ल्याएको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिएका छन् ।
पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्दका अध्यक्ष डिल्ली बहादुर रावतको सकृयतामा स्थानियहरू समेतको सहयोग लिई हुचिलको बच्चा र शिकारीले गुलेली प्रयोग गरी हानेको ढुङ्गा टाउकोमा लागेपछि आत्तियर ओतबस्ती नजिक आएको ओतको जिवितै उध्दार गरिएको जानकारी डिभिजन वन कार्यालयका सुचना अधिकारी खिमबहादुर के सीले दिए । यस अघि डिभिजन वन कार्यालयले रतुवा, चित्तल, गोमन सर्प उद्दार गरि उपचार पश्चात् सुरक्षित प्राकृतिक बाँस स्थानमा छाडिसकेको छ।











