काठमाडौं, १४ बैशाख । शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको छ ।

korolaगैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् ।

बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको एनआरएनए जनाएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक एकजनाको मृत्यु भएको छ ।