इन्द्रेणी संवाददाता

दाङ ६ , बैशाख । पछिल्लो समय कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाएको बेला जिल्ला स्वास्थ्य कार्यालय दाङको टिम शनिबार पनि टिउटीमै खटिएर र्यापिड टेस्ट गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न अत्याधिक मात्रामा र्यापिड टेस्ट गर्नुपर्ने निष्कर्ष सहित जिल्ला स्वास्थ्य कार्यालय दाङको टिमले प्रत्येक पालिकामै पुगेर र्यापिड टेस्ट गर्ने अभियान चलाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले बताइन ।
20200418_181851

त्यस्तै कोरोना भाइरसबाट नेपाललाई मुक्त गर्ने अभियानमा प्रत्येक पालिकाले अग्रसरता देखाउनुपर्ने भन्दै प्रमुख पौडेलले सबै पालिकाहरु आफ्ना नागरिकहरुलाई सचेत गर्दै र्यापिड टेस्ट गर्नुपर्ने बताइन ।
प्रमुख पौडेलका अनुसार यसै अभियान अन्तर्गत शनिबार दाङको बंगलाचुलीमा जिल्ला स्वास्थ्य कार्यालयको टिमले शंकास्पद १० जनालाई र्यापिड टेस्ट गरेको छ । जस मध्य सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
दाङ जिल्लालाई कोरोना भाइरस मुक्त बनाउनका लागि शंकास्पद ब्यक्तिगरु भएको सूचना पाए लगतै स्वास्थ्य कार्यालयको प्राबिधिक टोली गाँउमै पुगेर र्यापिड टेस्ट गर्न थालेको हो ।