काठमाडौं, २२ चैत्र । विश्वरी महामारीको रुपमा फैलिदै गएको कोभिड १९ लाई नेपालमा फैलना नदिन नेपाल सरकारले जारी लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । आज शनिवार साँझ सम्पन्न मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमा कडाइ गर्ने निर्याण गरेको सरकारका प्रवक्ता डा.युवराग खतिवडाले जकारी दिएका छन् ।
त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाध पु¥याउनेलाई कारवाही गर्ने, नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको बताइएको छ । चैत २५ गतेसम्म जारी गरिएको लकडाउनको समय थप गर्ने वा नगर्नेबारे भने अर्काे बैठकले गर्ने बताइएको छ ।











