तिर्थराज ज्ञवाली
देउखरी, २० चैत । दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले कोरना भाइरसको जोखीमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन नहुने भन्दै वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन् ।

gau palikaकोरना संक्रमण रोकथामका लागि लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाँउमा स्यं उपस्थित भई गरिव विपन्नको खाजी गरी राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष सुवेदीले निर्देशन दिएका हुन् ।

गाउँमा टोलमा खोजेर सहयोग गर्न र गरिव विपन्न परिवार जनप्रतिनिधिको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।