काभ्रेपलाञ्चोक, १८ चैत्र । भक्तपुरको सूर्यविनायकवाट रामेछापको दोरम्बा गाँउपालिकाजाँदै गरेको यात्रुबाहक सिंगल क्याप बोलेरो रामेछापको खाँडादेवीमा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।
भक्तपुरबाट रिर्जभ गरेर गएको बा १४ च ८४९८ बोलेरो रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका रामेछापको दोरम्बा गाउँपालिका–२ की संगिता पहरी तथा सोही गाउँपालिका वडा नं ३ का ४० गोपिलाल पहरीको उपचारको क्रममा धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।











