दाङ, २६ असार । दाङ देउखुरीको लालमटीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने थप चारजना घाईते भएका छन् । लालमटीया २ निवासी २२ वर्षीय श्रीकृष्ण चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भिर घाईते बनेका चौधरीको उपर क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचकार क्रममा हिजो साँझ मृत्यु भएको हो ।
करेन्ट लागेर सोही ठाउँ निवासी अन्य चार जना घाईते भएका छन् । लालमटीया ७ बराहखुटीमा विद्युत पोल गाड्ने क्रममा हिजो साँझ ५ बजेरित उनीहरुलाई करेन्ट लागेर लागेको थियो । बिधुत विस्तारको जिम्मा लिएका ठेकेदारले बिधुत सम्वन्धी जानकारीनै नभएका मजदुरलाई बिधुतीय काम गराउन खोज्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । लालमटीया गाविसको बराहखुटीमा विजुली लैजानका लागि बाटोमा पाले गाड्ने क्रममा बिधुत सम्वन्धि जानकारी नै नराख्ने मजदुरलाई प्रयोग गरिएपछि उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।।