इन्द्रेणी संवाददाता
दाङ, ५ चैत । विश्वभर डरलाग्दो अवस्थामा फैलदै गएको कोरोना भाइसरको त्रासले दाङको होटल व्यवसायमा ठूलो असर परेको छ । कोरोाना फैलने त्रासमा सरकारले पूर्वसतर्कता भन्दै सार्वजनिक कार्यक्रमहरुमा रोक लगाउदा यहाँको होटल कारोवारमा ठूलो गिराउट आएको छ ।

HOTAL VEGRELI GOHRAHIत्राससँगै होटलमा आयोजना गरिने कार्यक्रम तथा सेवाग्राहीहरुको चहलपहलमा कमी आएपछि यहाँका होटल व्यवसायीहरुले अहिले दैनिक २० देखि २५ लाखको घाटा वेहोर्दै गएका दाङ देउखुरी होटल व्यवसायी समिति दाङका अध्यक्ष रुद्रबहादुर डाँगीले बताए । ‘कोरानाकै त्रासले जिल्लाको होटल व्यवसाय चौपट भएको छ’, उनले भने, ‘अहिले जिल्लाका होटल व्यवसायीले दैनिक २०–२५ लाखको घाटा वेहोर्नुपरिरहेको छ ।’

करोडौंको लगानीमा सञ्चालनमा आएका होटलहरुको अवस्था झनै दैनिय बन्दै गएको उनको भनाइ छ । होटल सञ्चालनका लागि राखिएका कर्मचारीहरुलाई पारिश्रमिक दिनुपर्ने र यता होटलको कारोवार शून्यमा झरेपछि कर्मचारी पाल्न नै समस्या परिरहेको व्यवसायीहरु बताउछन् । दाङमा साना तथा ठूला होटल तथा रेष्टुरेन्टमा गरी करीव २ अर्ब बढी लगानी भएको छ ।