तुलसीपुर, ५ चैत । तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका सबै एसइइ केन्द्रमा हेल्थडेस्क र चिकित्सकको व्यवस्था गर्ने भएको छ । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले १३ वटा परीक्षा केन्द्रमा यस्तो व्यवस्था गर्न लागेको हो ।

help‘कोरोना भाइरसको सन्त्रास विना विद्यार्थीले सहजै परीक्षा दिन सकुन भनेर यस्तो गरिएको हो ’ नगर प्रमुख घनश्याम पाण्डेले भने । उनले सबै विद्यार्थीलाई मास्क लगाउनका लागि प्रेरित गर्न सकेन आव्ह्वान गरे ।

परीक्षा केन्द्रमा विद्यार्थीमा सन्त्रास फैलने गरी भन्दा पनि आवश्यकता अनुसार चेकजाँच गरिने पनि उनले जानकारी दिए । ‘कोही त्यस्तो शंकास्पद भयो भने मात्रै चेकजाँच गरेर अलग्गै वस्ने व्यवस्था गरिने छ’ उनले वताए ।

उपमहानगरपालिका अन्तर्गत विपद व्यवस्थापन समितिको वैठकमा वोल्दै नगर प्रमुख पाण्डेले हरेक वडामा कोरोनाको संक्रमणका वारेर पूर्व सतर्कता अपनाउनका लागि ३ दिन भित्र वैठक वसेर विभिन्न कार्यक्रम अगाडि वढाउनका लागि निर्देशन समेत दिएका छन् । ‘कुनै एक पक्षले मात्रै भन्दा पनि सबै पक्ष मिलेर यसको पूर्व सतर्कता अपनाउन सकिन्छ ’ नगर प्रमुख पाण्डेको वताए ।