तुलसीपुर, २९ फागुन । विश्वभर संक्रमणका कारण जनजीवनमा त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई ठाउँमा  राख्ने भएको छ । भारतबाट आउने यात्रुहरुलाई लक्षित गरेर वडा नम्वर १३ को दमारगाउँ र विमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई लक्षित गरेर तुलसीपुरल विमानस्थलमा यस्तो डेस्क स्थापना गरिने भएको हो ।

karyaकार्यपालिकाको ८१ औ वैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार आवश्यकता अनुसार थप काम पनि उपमहानगरपालिकाले अगाडि वढाउनेछ ।

स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेका अनुसार हेल्प डेस्कमा ज्वरो जाँच गर्ने थर्मल गन राखिने भएको छ । ‘कोरोनाको आशंका हुने वित्तिकै हामीले राप्ती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिनेछ ’ प्रमुख न्यौपानेले वताए । उनका अनुसार आवश्यकता अनुसार अनय ठाउँमा पनि हेल्प डेस्क राखिने भएको छ ।