रोल्पा, २९ फागुन । रोल्पाका ५ स्वास्थ्यचौकीलाई १५ शøयाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सरकारले आगामी ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीति लिएको छ ।
सोही अनुसार चालू आर्थिक वर्षमा देशभर २३६ ओटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने निर्णय गरेपछि रोल्पाका पाँचओटा स्वास्थ्य चौकी अस्पतालमा स्तारोन्नति हुने भएका हुन् ।
१५ शय्यामा स्तरोन्नति हुने स्वास्थ्य चौकीहरूमा थबाङ स्वास्थ्य चौकी, जँुगार स्वास्थ्य चौकी, घर्तीगाउँ स्वास्थ्य चौकी, पोबाङ स्वास्थ्य चौकी र राङ्सी स्वास्थ्य चौकी छन् अभियानमा खबर छ। रोल्पामा यसअघि सुलिचौर र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रले १५ शय्याको सेवा प्रवाह गरिरहेका छन् ।











