काठमाडौं, २३ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणसँगै खेलकूदका सबै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ ।
एन्फाले जिल्ला तहमा हुने खेलकूदका प्रतियोगिता पनि स्थगित गर्न निर्देशन पनि दिएको छ ।

anfaएन्फाले शुक्रबार एक विज्ञप्ती जारी गरी उपमेयर राष्ट्रिय महिला लिगसँगै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समेत स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । उपमेयर राष्ट्रिय महिला फुटबल प्रतियोगिता चैत्त ३ गतेदेखि धरानमा हुने निर्धारण गरिएको थियो ।

कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा तात्कालका लागि प्रतियोगिता र प्रशिक्षणहरु स्थगित गरिएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ ।