इन्द्रेणी संवाददाता
दाङ, २३ फागुन । घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कूलले खाजा खर्च कटाएर घोराही १६ का मृगौला पीडित गेहेन्द्र शाहीलाई सहयोग गरेका छन् । स्कूलका शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थीले आफ्नो दैनिक खाजा खर्च कटाएर पीडितलाई ८ हजार ६२५ रुपैयाँ सहयोग गरेका हुन् ।
यसरी संकलन भएको रकम आज एक स्कूलका प्रिन्सिपल चक्रबहादुर रावतले पीडितका परिवारलाई हस्तान्तरण गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १६ का गेहेन्द्र शाहीको दुबै मृगौलाले काम गर्न छोडेको र उपचारका लागि ३०/४० लाख लाग्ने भएकाले पारिवारीक आर्थिकले उपचार सम्भव नभएपछि सबैसँग सहयोगको याचना गर्दै आएका छन् ।











