घोराही, २६ माघ । आउदो फागुन २ गतेदेखि घोराहीमा सञ्चालन हुने नेपालका प्रथम शहीद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीतामा १६ क्लबले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल मगर संघ दाङको आयोजनामा आउदो फागुन २ देखि १५ गतेसम्म घोराही १८ नवलपुर खेल मैदानमा १६ क्लबले प्रतिष्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगीतामा चौघेरा युबा क्लब, रतनपुर ११, बुद्ध स्पोर्ट, सक्सेस क्लब, युएनबिसी, मेघा युथ क्लब, बबई एफए क्लब, घोराही एफए क्लब, फुर्सेखाली एफसी क्लब, फुर्सेखाली युवा क्लब, राप्ती क्लब, ग्रीनभ्याली क्लब, न्यूस्टार फुटबल एकाडेमी, दाङ युबा मञ्च र नवलपुर युबा क्लबले प्रतिष्पर्धा गर्ने खेल संयोजक प्रेम बुढा मगरले जानकारी दिए ।
प्रतियोगितामा एउटा क्लबले दाङ बाहेक प्रदेश ५ भित्रका दुई खेलाडी सहभागी गराउन पाउने छन् । प्रतियोगितामा गतबर्ष बडहरा युबा क्लबले उपाधि जितेको थियो । प्रतियोगीतामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँसहित शिल्ड र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड प्रदन गर्ने मगर संघ दाङले जनाएको छ ।











