दाङ, १८ माघ । पूर्वी रुकुमबाट चराउनका लागि दाङको सैघामा ल्याएका भेडा मर्न थालेपछि उपचारका लागि चिकित्सकको टोली त्यहाँ पुगेको छ ।

bedhaचिसो छल्दै भेडा चराउन रुकुमको भुमे गाउँपालिका १ लुकुमबाट ५ सय बढी भेडाहरु घोराही १९ सैघाको पाँचपोखरीमा ल्याइएको थियो । चराउन ल्याएका भेडाहरु धमाधम मर्न थालेपछि उपचारका लागि घोराही उपमहानगरको पशु सेवा शाखा र भेटेनिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको प्राविधिक टोली त्यहाँ पुगेको हो ।

भेडा मर्नुका कारणबारे जाँच गर्न नमूना क्षेत्रिय पशुरोग अन्वेशण प्रयोग शाखा सुर्खेत पठाइएको भेटेनिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले बताए । अज्ञात रोगका कारण २०० बढी भेडाहरु मरिसकेका छन् ।