तुलसीपुर, १८ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी तुलसीपुर महोत्सवमा दैनिक दर्शकहरुको आकर्षण बढ्दै गएको छ । आज शनिवार पनि महोत्विमा दर्शकको खचाखच रहयो ।

1010शनिवार नायक दिलिप रायमाझीले आफ्नो प्रस्तुती रोख र दर्शकहरुले त्यसको भरपुर मनोरञ्जन लिए । त्यस्तै लोक गायक कुलेन्द्र बिक, देवेन्द्र बस्नेतले स्वर्गीय गायक मधुवाबु थापालगायतले आफ्ना प्रस्तुती राखेका थिए । कलाकारको प्रस्तुतीमा दर्शकहरु छमछमी नाचेका पनि थिए । आयोजकले महोत्सव सफलातको शिखरमा पुगेको दावी गरेको छ ।

आइतवार गायिका कोमल ओली,हाँस्यकलाकार भटभटे माईला, गायक शक्ति चन्द,गायिका अनु गुरुङ, गायक ततथा हाँस्य कलाकार मनिष खड्का,मोडेल सरिस्मा मगर,गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहने सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।