दाङ, १८ माघ । दाङको रामपुरमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालय रामपुको २६ औ वार्षिकोत्सव समारोह आज शनिवार रामपुरमा सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एंव प्रदेश नं.५ का प्रदेश सभा सदस्य रेवती रमण शमा प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका बोल्दै प्रदेश सभासद शर्माले समृद्ध समाज निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए । सामुदायिक र संस्थागत विद्यालयहरुबिचको मित्रवत् ब्यवहारबाट नै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा सहयोग पुग्ने बताए । शिक्षामा गरिएको लगानी खेरा नजाने भन्दै उनले अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षा दिने विद्यालय छनौट गर्दा नचुक्न आग्रह गरे ।
कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष केशवराज आचार्यले नयाँ ब्यवस्थापनको छिटो समयमै यस विद्यालयले स्थानीय अभिभावको मन जित्न सफल भएको भन्दै सस्कार सहितको गुणस्तर बृद्धिका लागि आफ्ना वडाका सवै विद्यालयलाई सहयोग गर्ने बताए ।
अर्का बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले यस विद्यालयले वालमैत्री र अभिभावक मैत्री वातावरणमा शिक्षण कार्य अघी बढाएको भन्दै यसलाई दिगो बनाउनका लागि आफूहरु सदैव सहयोग गर्न तयार रहेको बताए ।











