हेटौँडा, २७ पुस । प्रदेश नंं. ३ को स्थायी राजधानी र नामाकरण सर्वसम्मतिमा टुंगो लाग्न नसकेपछि आज त्यसकालागि मतदान हुदैछ ।
प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हिुन लागेको हो ।
प्रदेश राजधानीका लागि दुई स्थान र प्रदेशको नामाकरणका लागि दर्ता भएको एक मात्र प्रस्तावमाथि शनिबार दिउसो बसेको प्रदेशको वैठकमा छलफल भएको थियो ।
प्रदेश सभाको वैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरेका थिए ।











