काठमाडौं, २३ पुस । अमेरिकाको आक्रमणमा परी सैन्य कमाण्डर कसिम सुलेमानी मृत्यु भएपछि इरानले इराकस्थित अमेरिकी सेनाको दुईवटा बेसमा आक्रमण गरेको छ । इरानले अमेरिकी सेनको वेस क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा विभागले आक्रमणको पुष्टी गरेको छ ।
इरानका स्टेट टेलिभिजनले शिर्ष कमाण्डर कसिम सुलेमानीको ड्रोन आक्रमणमा हत्याको प्रतिशोध स्वरुप अमेरिकी सेनाको बेसमा आक्रमण गरिएको जनाएको छ । पेन्टागनले इराकको इरबिल र अल अशदस्थित दुई स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणमा क्षतिबारे अझै स्पष्ट हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । बीबीसी











