घोराही, २१ पुस । बबई गाउँपालिका गाउँपालिका ७ का लोकबहादुर सुनारले आफु नेत्र बिक्रम चन्द नेतृत्वको बिप्लव समूहमा नरहेको प्रष्ट पारेका छन् । सुनारले आज एक बिज्ञप्ती जारी गरी बिप्लव समुहमा नरहेको स्पष्ट पारेका हुन् ।
राजनीतिक पुर्बाग्रहका कारण आफूलाई दुःख दिने काम भएको उल्लेख गर्दै सुनारले आफु सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहेको बिज्ञप्तीमा उल्लेख छ ।
पुर्बाग्रहका कारण आफुलाई गएको कार्तिक महिनामा पक्राउ गरिएको भन्दै आगामी दिनमा नेकपामै रहेको बिप्तिमा उल्लेख छ ।











