काठमाण्डौ, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका १८ जना सदस्यको चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लामा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको रसिद वा बैंक भौचर तथा प्रस्तावक र समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।











