इन्द्रेणी संवाददाता
दाङ, १८ पुस । इलाका प्रहरी कार्यालयले अबैध सालको काठ वरामद गरेको छ । कोइलावास–गढवा सडकखण्डअन्तर्गत नयाँ वस्तीमा रोकेर राखेको रा १ च ५५६ नम्बरको वोलेरो गाडीबाट काठ वरामद गरिएको प्रहरीले जनाएको छ ।
गोप्पे सूचनाका आधारमा गाडीमा रहेको चिरान गरिएको १५ दशमलव ८२ क्वीफिट र गोलिया २२ दशमलव १४८ क्यीफिट सालको काठ वरामद भएको हो ।
वरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय गढवामा पठाइएको प्रहरीले जनाएको छ । काठ पुस १७ गते ३ वजेको समयमा वरामद गरिएको हो ।











