रेखा मगर
दाङ, २५ असार
दाङमा मानव वेचविखन तथा ओसारपसारमा संलग्न २ जनालाइ फक्राउ गरी अनुसन्धान थालिएको छ । देउखुरीको लालमटिया ३ का राजकुमार पुन र मनकला सुनारलाइ मानव वेचविखन तथा ओसारपसार अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उनीहरुले गाँउकै एक १९ वर्षिया र २० वर्षिया किशोरीलाइ छिमेकी मुलुक भारतमा पु¥याइ अनैतिक काममा लगाएर वेचविखन गरेको दाङ प्रहरी प्रवक्ता प्रकाशराज शर्माले वताउनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्धा दायर गरिएको छ । साथै अदालतवाट म्याद थप गरी अनुसन्धान जारी राखेको प्रवक्ता शर्माले वताउनुभयो ।
यसैविच, मापसे गरी सवारी चलाएको अभियोगमा एक जना चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही नगरपालिका ११ वस्ने उमाकान्त धितालले रहेको प्रहरीले जनाएको छ । धितालले मादक पदार्थ सेवन गरी बस चलाँउदा ५ जना यात्रु घाइते भएको प्रहरीले वताएको छ ।
घोराही २ गैरागाँउवाट घोराहीतर्फ आँउदै गरेको रा १ ख ७९८ नं को बस चलाँउदै आएका धितालको सवारी चलक अनुमति पत्र पनि नभएको र दुर्घटनामा यात्रु घाइते भएकाले पक्राउ गरी कारवाही थालेको डिएसपी शर्माले वताउनुभयो ।।