इन्द्रेणी संवाददाता
दाङ, २५ असार
दाङमा एक वालकको हत्या भएको छ । बिजौरी २ सक्राममा स्कुलवाट घर फर्केका एक आठ वर्षिय वालकको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले वताएको छ । morder

वालकका वुवाआमा कामको लागी वाहिर गएका वेला बालकको हत्या भएको हो । हत्यावारे अनुसन्धान भइरहेको छ । वालकको घाँटी र पेटमा धारिलो हतियार प्रहार भएको छ ।

केहि दिन पहिले पनि देउखुरीको रिहारमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । दाङमा हत्याका घटना वढेका छन भने व्यक्तिहरुको शव पनि भेटिदै आएको छ ।।