काठमाडौं–व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली एक्लै थिए भन्दा पत्यार नलाग्न सक्छ । तर, बिहीबार संसद परिसर नयाँ बानेश्वरमा त्यस्तै पत्याउन नसकिने दृश्य देखियो ।
बिहीबार मध्यान १२ बज्दै थियो । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरको मूल गेटमा प्रधानमन्त्री ओली एक्लै देखिए । त्यहाँ प्रधानमन्त्री देख्नासाथ झुम्मिने कुनै सांसद थिएनन् । प्रधानमन्त्री ओलीका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मात्रै थिए, उनीहसँग । दक्षिण गेटमा एक्कासी साइरन बजाउँदै सुरक्षाकर्मीको गाडी पछिपछि रहेको ट्राफिक प्रहरीले मोटरसाइकल हुइँक्याउँदै संसद परिसर प्रवेश गर्न थाल्यो ।
गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी भने प्रधानमन्त्रीको सवारी देखेर अक्मकिए । तर, उनीहरुमा रोक्न सक्ने साहस देखिएन । स्कर्टिङको गाडीसहित प्रधानमन्त्री ओली सुरक्षाकर्मीसहित संसद परिसर प्रवेश गरे ।
रातोपाटी