काठमाडौँ, २५ मंसिर । एसियाली विकास बैङ्कले नेपालका विभिन्न चारओटा परियोजनाका लागि ४० अर्ब ४५ करोड ४० लाख रुपियाँ (३५ करोड ८० लाख डलर) ऋण उपलब्ध गराएको छ ।

adbऋण उपलब्ध गराउने सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर हामुदखानोभले मङ्गलबार हस्ताक्षर गरे।

सम्झौता अनुसार एडीबीले पोखरा–मुग्लिन सडकको स्तरोन्नति, बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वस्थता सुधारका लागि थप वित्तीय सहयोग, साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार र सरकारको कृषि तथा खाद्य सुरक्षासम्बन्धी परियोजनाका लागि ऋण उपलब्ध गराउनेछ ।

त्यसमध्ये पोखरा–मुग्लिन सडकको स्तरोन्नतिका लागि २२ अर्ब तीन करोड (१९ करोड ५० लाख डलर) ऋण उपलब्ध हुनेछ । सासेक परियोजना अन्तर्गतको यो सडक खन्डको पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर सडकलाई चार लेनको बनाइनेछ आजको गोखापत्रमा खबर छ।