काठमाडौं, २४ मंसिर । नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो। बीचमा बस्न सकेन। संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते नै। अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ। सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेदेखि लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ।

cpnत्यस्तै अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्ता कार्य तत्काल हुने भएका छन्। अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो। यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो। पार्टी विधानअनुसारका नियमित बैठकसमेत एक वर्षयता बस्न सकेको थिएन।

नेकपाले पार्टी एकताको १८ महिनापछि एकीकृत पार्टीको अन्तरिम विधान संशोधन गर्न लागेको छ। एक वर्षअगाडिदेखि नै पार्टी स्थायी समितिले विधान परिमार्जन गर्ने सैद्धान्तिक निर्णय गरे पनि प्रक्रिया अवरुद्ध थियो। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।