गणेश आचार्य
दाङ, ९ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र सम्वृद्धिका लागि नेकपालाई मतदान आग्रह गरेका छन् । दाङ क्षेत्र नम्वर ३ ‘ख’मा आइतवार भएका चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र सम्वृद्धि नेकपाबाट मात्रै सम्भव भएकाले उपनिर्वाचनमा नेकपाका उमेद्वारलाई जिताउन मतदातालाई आग्रह गरे ।
काँग्रेसले लामो समयसम्म शासन चलाउँदा गर्न नसकेका काम नेकपाले छोटो अवधिमै गरेको दावी गर्दै मुख्यमन्त्री पोखरेलले विकासको चाहना भए नेकपाका उमेद्वारलाई जिताउन सुझाव दिए । काँगेसले विकासका नाममा भ्रष्टाचार मात्रै गरेको उनको आरोप थियो । काँग्रेसले विकास निर्माणका काममा अबरोध सिर्जना गर्ने गरेकाले कयौँ काम हुन ढिला भएको बताए ।











