दाङ, ९ मंसिर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङ क्षेत्र नं. ३ ‘ख’ का कांग्रेस उम्मेदवार केशव आचार्यले अहिले कांग्रेस एक ढिक्का भएकाले चुनावी परिणाम पनि आफूहरुकै पक्षमा आउने दावी गरे ।
चुवानी सभामा बोल्दै आचार्यले पार्टीमा सबै तह र तप्काका नेताहरु एक ढिक्का भएको पनि बताए । साथै कांग्रेसले दाङमा जितेमा प्रदेश नं. ५ को राजधानी दाङ हुने पनि आस्वासन दिए ।











