सल्यान, ८ मंसिर । समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको विचमा समन्वय आवश्यक रहेको आज कपुरकोटमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

DSC_0442कपुरकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हिरालाल भण्डारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सबै पक्षले आआफ्नो जिम्मेवारि पुरा गरेमा गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताए । ‘म एउटा लाईसेन्स प्राप्त ड्राईभर हो,’ कर्मचारीहरुलाई इंगीत गर्दै उनले भने, ‘गाडिका हरेक पार्टपुर्जाले काम गरे भने मात्रै मैले गाडिलाई गन्तव्यमा पुर्याउन सक्छु ।

त्यसैले यहाँका शिक्षा, स्वास्थ्य, पशु, कृषि लगाएतका शाखाले आआफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक काम गर्नुपर्छ ।’ कपुरकोट लगाएत देशभरका स्थानीय तहहरु कर्मचारि अभाव, भौतीक संरचनाको अभावमा रहेकाले आफुले कायापलट नै गर्न भने नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा हाल सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका अरुण दाहाल, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन, ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माण देखि प्रशासनीक काममा बाधा पुगेको बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत भण्डारी दाङको राजपुर गाउँपालिकाबाट सरुवा भएर कपुरकोट आएका हुन् ।