इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । दाङ प्रहरीले विभिन्न ठाउँबाट आठ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीले शनिवार घोराही १४ वसपार्क नजिकै लागु औषध ब्राउन सुगर कारोवार भइरहेको गोप्पे सूचनाको आधारमा ५ जनालाई पक्राउ गरेको छ ।

chares-jpgपक्राउ पर्नेहरुमा घोराही १३ का २१ वर्षका विशाल पुन मगर, सोही ठाउँका १४ वर्षका विशाल सिंह नेपाली, महेश वली, आलोक डाँगी र घोराही १५ का प्रविण वली रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट १० ग्राम ब्राउन सुगर समेत प्रहरीले वरामद गरेको छ ।

त्यसैगरी शनिवार नै प्रहरीले घोराही १३ वाह्रक्ने दह नजिकैबाट ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित तीन जलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रुकुम पश्चिम बाँफिकोट ७ का ३३ वर्षका शेरबहादुर खत्री, रुकुम पूर्वा भूमे १ का २८ वर्षका तपजित घर्ती मगर र दाङ घोराही १३ का २६ वर्षका अविनास थापा रहेका छन् ।