काठमाण्डौ, २४ असार
आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले देखावटी अनुगमन नगरेको बताउनु भएको छ ।

minister

राजधानीमा आज भएको कार्यक्रममा उहाँले कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीयका साथै वास्तविक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताउनु भएको हो ।

मन्त्री पुनले आफ्नो कार्याकालबाट सुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकालेनै निरन्तरा दिएर गुणस्तरीय बस्तुको उपलब्धतामा जोड दिने बताउनुभयो ।

उहाँले कालिमाटिमा अनुगमन टोली माथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै अनुगमन अघि सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनुभयो ।

मधेश लगायतका अन्य वास्तविक मागहरु पुरा गर्न संबिधान संशोधन गर्दै समस्या सुल्झाउन सहमतिको सरकारको आवश्यकता रहेको मन्त्री पुनले बताउनु भयो ।।

– – – ऋष्ल् – – –