काठमाण्डौ, २४ असार
संविधान प्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेको थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ । समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।tharu

घोषित आन्दोलनको कार्यक्रममा असार २४ गतेदेखि साउन २३ गतेसम्म नेपाल सरकारद्धारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने, सो समयमा थारु समुदायले हातमा कालोपट्टी बाँध्ने थरुहट जिल्लाका प्रत्येक घर, चोक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन, दीयो, टुकी र मैनबत्ती बाल्ने लगायत छन् ।

थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले घोषणा गरेका आन्दोलनका अन्य कार्यक्रममा पायक पर्ने स्थानमा साउन १५ गते मुखमा कालोपट्टी बाँधेर लाल्टीन जुलुस र धर्ना दिने, असार ३१ गते काठमाडौंको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि दिउँसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दीयो र मैनबत्ती बालेर मुखमा कालो पट्टी बाँधी धर्ना दिने कार्यक्रम पनि रहेको छ ।।