इन्द्रेणी संवाददाता
घोराही,२४ असार ।
करदाताहरुको कर सहज रुपमा उठेमा मात्र नगरपालिकाको विकास हुने भन्दै बक्ताहरुले नगरवासीहरुलाई सहज रुपमा करको दायरामा ल्याउनकालागि नागरिकहरुसँगै उद्योग व्यवसायीहरुसँग छलफल गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
घोराही नगरपालिकाले शुक्रवार घोराहीमा आयोजना गरेको करदाता शिक्षा सम्वन्धी अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले दोहोर तथा झन्जीटिलो कर व्यवस्थाका कारण व्यवसायी तथा नागरिकहरु मर्कामा पर्ने गरेको भन्दै बक्ताहरुले सहज रुपमा व्यवसायी तथा नागरिकहरुलाई करणको दायरामा ल्याउनकालागि नगरपालिकाले पहल गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल अडिटर एशोसियसन दाङका अध्यक्ष रमेश केसीले सविधानले बनाएको नियमित कर,गैर राजस्व कर,नगरपरिषदले निर्धारण गरेको कर,एकिकृत सम्पति करण लगायतका बारेमा जानकारी गराउनुभएको थियो । कानुनी व्यवस्थामा भए अनुसार व्यवसायिक कर,करबहाल कर,सम्पति,फोहार,सवारीसाधनदर्ता सम्वन्धी कर लगायतका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा घोराही नगरपालिका सामाजीक विकास अधिकृत सुवोध रेग्मीले नगरपालिकाले ल्याउने करका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले दोहोरो करका कारण व्यवसायीहरु मर्कामा पर्ने गरेको भन्दै दोहोर करलाई सहज बनाउदै व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउनका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभएको थियो । व्यवसायीहरुकै करबाट नगरपालिकाको विकास हुने भएकाले व्यवसायीहरु कर तिर्न मञ्जुर भएपनि करवृद्धि भन्दापनि कानुनी प्रावधानलाई ध्यानमा दिएर न
गरपालिकाले व्यवसायीक करको गुणात्मक विकासमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । घोराही नगरपालिकाका सामाजिक विकास अधिकृत सुवोध रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी प्रेम केसीले गर्नुभएको थियो । कार्यक्रममा उद्योग व्यवसायी,टोल विकासका समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।।