जाजरकोट, २४ असार ।
जिल्ला सदरमुकाम खलंगामा तीन महिना पहिले देखी सञ्चालन गरिएको रत्न पत्थर सम्वन्धि सिप विकास तालिमको बिहिवार समापन भएको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरी सिप विकास तालिमको समापन गरिएको हो ।jkt

तीन महिने रत्न पत्थर सिप विकास तालिमको समापन कार्यक्रम स्थानिय विकास अधिकारी ईन्द्र गौतमको प्रमुख आथित्यतामा आयोजना गरिएको थियो । ४७ जना सहभागी रहेको तीन महिने सिप विकास तालिमको समापन कार्यक्रममा वोल्दै जाजरकोटको सान र पहिचानको रुपमा रहेको काईनाईट लगाएतका रत्न पत्थरहरुको उद्योग व्यवसायमा विकास गर्नु पर्ने स्थानिय विकास अधिकारी ईन्द्र गौतमले वताए ।

उद्योग व्यवसाय सञ्चालन गर्नका लागी आत्म विस्वास, प्रयाप्त लगानी, उत्पादन भएको माल खपत गर्नलाई वजारको व्यवस्था र उद्योगका लागी चाहिने सिपको आवश्यकता पर्ने स्थानिय विकास अधिकारी गौतमले वताए । साथै उनले जिल्लालाई चाहिने सिप विकास तालिम दिने घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतलाई धन्यवाद पनि दिए । राज्यले लिएको उदारीकरणको अर्थ नीतिले उद्योग विकासका लागी निजी कम्पनी तथा लगानीकर्ताहरुका लागी सहज भएको वताउदै जिल्लामा लगानीकर्ताहरुको प्रवद्र्धन गर्नु पर्नेमा गौतमले जोड दिए ।

देशमा हुने खाने र धनी मानिसहरु पिवी र डिवीको पछि लागेर अमेरीका, अस्ट्रलिया लगाएतका धनी देशहरुमा जाने र गरिवहरु जीवन निर्वाहका लागी कामको खोजी गर्दै भारत र खाडी मुलुक तिर दौडिनुले देशमा लगानीकर्ता र आवश्यक जनशक्तिको अभावमा औद्यगिक विकास हुन नसकेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतका निर्देशक विनोददेव पन्तले वताए ।

औद्योगिक क्षेत्रमा बैंकहरुले ६, ७ प्रतिशत व्याजदरमा ऋण दिने गरेको चर्चा गर्दै, उद्योग विकासमा ऋण लिने मान्छे नपाएपछि वैंकलाई कता लगानी गरौं भन्ने भएको निर्देशक पन्तको भनाई रहेको छ । जिल्ला सदरमुकाम खलंगामा तीन महिना सम्म घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतद्धारा सञ्चालित रत्न पत्थर सिप विकास तालिका ४७ जना सहभागीमा १५ जना पुरुष थिए भने, ३२ जना महिला रहेका थिए । तीन महिने सिप विकास तालिम गरेर प्रमाण पत्र प्राप्त गरिसकेका सवैलाई जाजरकोटमा रहेको जेम्स प्रालीले रोजगारी दिएर प्रालीको कामलाई अगाडी वढाउने वताएको छ ।