काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी ओलीले आज बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहान ९ बजे नेकपा सचिवालय बैठक डाकिएको छ ।

pm kp oliमंगलबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरू हेरफेर गर्न लागेको जानकारी दिएका छन् । ‘बैठकमा म उपस्थित त थिइनँ । प्रधानमन्त्रीज्यूले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छु, कोही दोहोरिनुहोला, कोही जानुहोला, तर अन्यथा नलिनुहोला भन्नुभएछ,’ उद्योगमन्त्री मातृका यादवले भने, ‘भोलि (बुधबार) अन्य सार्वजनिक कार्यक्रम नबनाउन र कतै नजान भन्नुभएको जानकारी मैले पनि पाएँ ।’

आफूलाई अध्यक्ष प्रचण्डले मन्त्रीमा दोहोर्‍याउन नसक्ने जानकारी गराइसकेको पनि यादवले बताए । ‘मलाई अध्यक्ष प्रचण्डले बोलाएर मन्त्री पदमा दोहोर्‍याउन नसकिने भयो भन्नुभएको थियो,’ उनले भने, ‘अरू को–को हट्दै छन्, को थपिँदै छन् थाहा भएन ।’ प्रधानमन्त्री ओलीले मन्त्रीबाट हट्ने र मन्त्री बन्नेको नामबारे बैठकमा कुनै जानकारी दिएका छैनन् । नयाँ पत्रिकाबाट