दाङ, १ मंसिर । घोराहीका एक असाहय बृद्धलाई राहत सामग्री प्रदान गरिएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ स्थित नवजलजला टोलमा बस्दै आएका ७५ बर्षिय एण्डी लामालाई राहत सामग्री प्रदान गरिएको हो ।
बेवारिसे अबस्थामा रहेका बृद्धलाई घोराही स्थित कल्पुधर्म शालाले १५ हजार बराबरको नुन,तेल,दाल,चामल,ग्यास,चुलो,ओड्ने ओच्याउँने बिस्तारा लगाएतका सामग्री प्रदान गरिएको हो ।
राहत सामग्री घोराही उप–महानगरपालिका वडा नं.१४ अध्यक्ष शक्तिराम डाँगी,कल्पुधर्म शालाका सचिव बसन्त गुप्ता र कोषाध्यक्ष दिलकुमारी बुढाल संयुक्त रुपमा राहत सामगी्र हस्तान्तरण गरेका थिए ।
सो अबसरमा बोल्दै घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी समाजका बृद्धबृद्धालाई सम्मान गर्नु हामी सबैको दायित्व हुने बताए । स्थानीय लालसरी पुन र दयासरी बुढाले नगद एक हजार, ६ सय पाँच र चामल सहयोग गरेका थिए ।











