वाघमारे, २९ कार्तिक । नेपाली काङ्ग्रेसले पश्चिम दाङको वाघमारेका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । मसिर १४ मा हुन गैरहेको उपनिर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्नका लागि काग्रेसले आज वाघमारेका विभिन्न स्थानमा चुनावि सभा गरेको हो ।
कार्यक्रममा बोल्ने काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले पश्चिमी दाङको समग्र विकासका लागि काग्रेसले जित्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा कार्यक्रममा नेकपावाट नेपाली काग्रेसमा प्रवेश गरेकी पुर्व जनमुक्ति सेना जयकुमारी विकले कम्युनिष्टहरुले जनतालाई झुटा आश्वासन दिएर भ्रममा पार्ने गरेको वताए ।











