दमक, २८ कार्तिक । बंगुरको विर्य विक्री गरेर एउटा किसानले करोडौं आम्दानी गर्यो भन्दा अच्चमा लाग्न सक्छ । तर झापामा एक किसानले यसै गरेर करोडौं आम्दानी गरेका छन् ।
झापा कमल गाउँपालिकाका ५ का ४६ वर्षीय अगुवा बंगुरपालक किसान सञ्जिवकुमार राईले बिभिन्न विदेशी प्रजातिका बिउ बंगुरबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।
राइले बंगुरको वीर्य भण्डारण प्रयोगशाला बनाएर वीर्य संकलन गरी बिक्री गरेर लाखौं अमम्दानी गर्दै आएका हुन् । उनले एउटा बंगुरबाट मात्रै एक लाख भन्दा वढी आम्दानी गर्दै आएका छन् ।
एउटा बंगुरलाइ एक पटक कृत्रिम गर्भधान (एआइ) का लागि आवश्यक वीर्य १ हजार रुपियाँमा उपलब्ध गराउने गरेको राइको भनाइ छ । उन्नत नश्लको बंगुरबाट वीर्य निकालेर अन्य दर्जनौं पोथी बंगुरमा लगाउन सकिन्छ ।
सुविधा सम्पन्न खोर बनाएर बिभिन्न प्रजातिका २७ वटा नश्ल बंगुरहरु उनले पालन गरेका छन् ।











