इन्द्रेणी संवाददाता
दाङ, २७ कार्तिक । दाङमा ५१ प्रतिशत मात्रै कृषि उद्योगहरु दर्ता भएको पाइएको छ । तथ्याङ्क कार्यालय दाङले २०७५ बैशाख र जेठमा दुई महिना गरेको राष्ट्रिय आर्थिक गणनाको तथयाङ्कले यस्तो देखाएको हो ।

aaaतथ्याङ्कले जिल्लामा २ सय ५७ वटा मात्रै कृषि उद्योग दर्ता गरेर आर्थिक गतिविधि गर्दै आएको देखिएको तथयाङ्क कार्यालय दाङका अधिकृत तुलसीराम पोख्रेलले बताए । आज जिल्लाको राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्वजनिक गर्दै उनले जिल्लामा ती कृषि उद्योगमा ९५१ जनाले कार्य गरिरहेको बताए ।

त्यस्तै खनिजमा २३, उद्योगमा १४४३, व्यापार ८६३९ वटा उद्योगले आर्थिक गतिविध गरिहेको गरिरहेका छन् । विभागले विभिन्न २१ वटा सेक्टरमा आर्थिक गणना गरेको उल्लेख गर्दै दाङमा जिल्लाका १० स्थानीय तहमा जम्मा १४ हजार ४ सय २१ प्रतिष्ठान रहेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिले आफ्ना धारणा राखेका थिए भने प्रमुख अतिथि रिजालले राष्ट्रिय आर्थिक गणनले देशको समग्र आर्थिक अवस्था पत्तालगाउन सहज हुने र त्यसलाई हेरेर सरकारले नीति तथा कार्यक्रम बनाउन सजिलो हुने बताए ।