इन्द्रेणी संवाददाता
दाङ, २० कार्तिक । चोरी मुद्दामा जिल्ला अदालत दाङले १ वर्ष ६ महिना २० दिन कैद सजाय सुनाएका फारार अभियुक्त पक्राउ परेका छन् । दाङ प्रहरीले २०७२ असोज १९ गते कैद सजाय सुनाएका घोराही १३ बस्ने २३ वर्षका गोविन्द घर्तीलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले आज विहान घोराही १३ मै लुकिछिपी वसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पछि उनलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीको भनाइ छ ।











