इन्द्रेणी संवाददाता
दाङ, १७ कार्तिक । आफ्नै सासुको घरमा आगो लगाएर फरार अभियुक्त ३ वर्षपछि पक्राउ परेका छन् । घोराही १८ गिठेपानी वस्ने वर्ष २६ का रामबहादुर विकले २०७३ बैशाख १३ गते घोराही २ वस्ने आफ्नै सासुआमा सुन्तली विकको घरमा आगो लगाएर फरार भएका थिए ।
उनलाई दाङ प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको हो । विकलाई जिल्ला अदालत दाङले २०७५ फागुन १४ गते ४ वर्ष कैद सजाय तोकेको थियो ।











