नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय सुजन रानामगरको हत्या भएको छ ।
रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।











