तुलसीपुर । एन प्याव्सन दाङको उपमहानगरपालिका स्तरिय समिति गठन गरिएको छ ।
उपमहानगरपालिका स्तरिय भेलाले तुलसीपुरउपमहानगरपालिकाको अध्यक्षमा भोजराज न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । यस अघि जिल्ला उपाध्यक्ष रहनु भएका न्यौपानेलाई भेलाले नगरकमिटिको अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा लोकेन्द्र वहादुर खडका, सचिवमा मेघराज पोख्रेल, र कोषाध्यक्षमा भुवन वलीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यहरुमा भागवत भट्टराई , मीन कुमार आचार्य र रोमहर्ष शर्मालाई चयन गरेको छ । दुई सदस्य पछि थप गर्ने छ ।











