तुलसीपुर, ६ कार्तिक । एन प्याव्सन दाङको पालिकास्तरीय भेला तथा समिति गठन भएको छ । पालिकास्तरीय भेलाले शान्तिनगर गाउँपालिकाको संयोजकमा रणवहादुर वोहरा, सह संयोजकमा पुर्षाेत्तम गौतम, बंबई गा.पा. संयोजकमा वालकृष्ण खत्री , सहसंयोजकमा नरेश वोहरा ,दंगीशरण गा. पा. संयोजकमा नारायणप्रसाद शर्मा र सहसंयोजकमा हिरा केसीलाई सर्वसम्मत चयन गरेको छ ।
प्याव्सन दाङका अध्यक्ष भिमबहादुर वुढाथोकीको अध्यक्षता प्रदेश नं. ५ का संयोजक सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यमा एवं केन्द्रीय सदस्य प्रकाशकुमार शर्माको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा वोल्ने बक्ताहरुले सरकारले पर्याप्त तयारी विना नै निजी विद्यालयहरुलाई सामाजिक सुरक्षाकोषमा जान निर्देशन दिएको भन्दै त्यसलाई एन प्याव्सनले नमान्ने वताए ।
कार्यक्रममा प्रमुख अतिथि डागी, विशिष्ठ अतिथि शर्मा, एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने , शान्तिनगर गा पा संयोजक रणवहादुर वोहरा , बबई गा पा संयोजक वालकृष्ण खत्री , दंगीशरण गा पा संयोजक नारायणप्रसाद शर्मालगायतले आफ्ना विचार राखेका थिए ।











