काठमाडौं, ५ कार्तिक । नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद उत्तर प्रदेश, महाराजगन्जको कलेज सञ्चालक समितिको अध्यक्षका प्रतिस्पर्धी, चुनावमा स्थानीय पूर्वप्रधान राजेश सिंहलाई हराएपछि कँडेलले आफू गोरखपुरनिवासी भएको प्रमाण जुटाएर खाए शपथ
पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।
उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।
शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल ९उपप्रबन्धकरउपमन्त्री व कार्यवाहक अध्यक्षरचेयरमैन० पुत्र स्व। पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’ नयाँ पत्रिकाबाट











