इन्द्रेणी संवाददाता
दाङ, ५ कार्तिक । दाङमा प्रहरीले ५२ हजार ८ सय २५ रुपैयाँसहित जुवाको खालबाट आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही १३ का ईश्वरबहादुर महरा, कमल विक, नविन जिएम, रोल्पा त्रिवेणी १ का परभान पुन र भिमबहादुर बुढा रहेका छन् । उनीहरुलाई प्रहरीले आज विहान साढे ५ बजेको समयमा घोराही १३ ठुमरगाउँस्थित डेरामा वस्ने कमल विकको कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
